दफा २३
समिति वा उपसमिति गठन गर्न सक्ने
(१) सेवा प्रदायकले उपभोक्तालाई प्रदान गर्ने सेवाको अनुगमन गरी उपभोक्ताहरुको हक हित संरक्षण गर्ने सम्बन्धमा आयोगलाई सुझाव दिन तथा सेवामा उचित पहुँच नपुगेका वा सेवाको महसुल तिर्न असमर्थ उपभोक्ताहरुको हित संरक्षण गर्न आयोगले आवश्यकता अनुसार उपभोक्ता सेवा सुझाव समिति गठन गर्न सक्नेछ ।
(२) आयोगले यो ऐन वा यस अन्तर्गत बनेको नियम बमोजिम आपूmले सम्पादन गर्ने काम सुचारु रुपले गर्नको लागि आवश्यकता अनुसार उपसमिति गठन गर्न सक्नेछ ।
(३) उपदफा (१) वा (२) बमोजिम गठित समिति वा उपसमितिको काम, कर्तव्य र अधिकार तथा कार्यविधि तोकिए बमोजिम हुनेछ ।